दफा १७
साझेदारले कममा भाग लिन पाउने
:– (१) कबुलियतद्वारा साझेदारी कारोबारको बन्दोबस्तमा भाग लिन नपाउने साझेदारले बाहेक अन्य साझेदारले बिरोध नगरेसम्म प्रत्येक साझेदारले साझा कारोबारको बन्दोबस्तमा भाग लिन पाउँछ । तर, सबै साझेदारको मञ्जुरी बेगर साझा कारोबारसँग सम्वन्ध नभएको अरु काम साझेदारीको नामबाट गर्न भने हुँदैन । (२) साझेदारीको सबै वा कुनै काम सबै साझेदारले वा सो मध्ये कुनै दुई वा दुई भन्दा बढी साझेदारहरुले संयुक्त रुपमा गर्ने कबुलियत भएकोमा कुनै मनासिब माफिकको कारण परी कबुलियतबमोजिम यस्ता सबै साझेदारहरुले सो काम गर्न नभ्याउने भएमा निजहरुले आफू मध्ये कसैलाई सो काम गर्न अधिकृत गर्न सक्नेछन् ।